पाकिस्तान सुपर लिग : सन्दिप लामिछानेको उत्कृष्ट प्रदर्शन, एउटै खेलमा लिए ४ विकेट

काठमाडौँ – नेपाली क्रिकेटर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग पिएसएलमा शानदार बलिङ गर्दै एकै खेलमा ४ विकेट लिएका छन्।

लाहोर कलन्दर्सबाट खेलिरहेका उनले बुधवार क्वेट्टा ग्लाडिएटर्स विरुद्ध ४ ओभरमा १० रन मात्र खर्चेर ४ विकेट लिएका हुन्।

पावर प्ले मै २ ओभर बलिङ गरेका सन्दीपले २ ओभरमा ५ रन खर्चेर ३ विकेट लिएका थिए।

त्यसपछि सन्दीपले बाँकी दुई ओभर ५ रन नै खर्चे भने थप १ विकेट लिए।

समग्रमा २४ बल बलिङ गर्दा सन्दीपले १५ बल डट फाले भने ८ बलमा सिंगल रन दिए भने एक बलमा दुई रन दिए।

सन्दीपले चौथो ओभरमा शेन वाट्सन, छैटौँ ओभरमा राइले रुसो र उमर अकमल तथा आठौँ ओभरमा डेनिस अजिजलाई आउट गरेका थिए।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *