पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना

काठमाडौं – पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दीर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको हो ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी प्राप्त सूचना उदृत गर्दै गृहसचिव प्रेमकुमार राईले  भने, ‘पाथीभराबाट चुहान डाँडा जाँदा हेलिकोप्टर क्र्यास भएको खबर आएको छ ।’

सचिव राईका अनुसार हेलिकोप्टरमा मन्त्री अधिकारी, डाइनेस्टी एयरका प्रमुखसहित ६ जना थिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *