एनसेल आक्रमण : विप्लवका पुर्व अंगरक्षक भुजेल पक्राउ

काठमाडौं -नख्खु बम विष्फोट प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले विप्लव समूहका नेता सूर्य भुजेललाई पक्राउ गरेको छ । नेपाल प्रहरीको विशेष ब्यूरो र महागनरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

शुक्रबार साँझ नख्खुस्थित एनसेलको गेट अगाडि भएको विष्फोटमा परेर एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते छन् ।

घटनाको अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार भुजेल नेत्रविक्रम चन्द विप्लवका पूर्वअंगरक्षक समेत हुन् । हाल उनले आफूलाई भ्याल्ली कमाण्डर भएको बताउने गरेका छन् ।

अनुसन्धान अधिकारीका अनुसार उनी नख्खु विष्फोटका वेला घटनास्थलमै उपस्थित थिए । लोत्सेचोकमा भएको विष्फोट पनि उनकै योजनामा भएको प्रहरीको दाबी छ ।

घटनामा समूहका २० जनाभन्दा बढी संलग्न भएको सुरक्षा अधिकारीहरुले तथ्य निकालेका छन् । उनीहरुको खोजीलाई व्यापक बनाइएको स्रोतको भनाइ छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *