नेपाली काङ्ग्रेसले पार्टी प्रवेशको झुटो नाटक मन्चन गर्‍यो : नयाँ शक्ति

काठमाडौ – नयाँ शक्ति पार्टी रसुवाले  कांग्रेसले अनाधिकृत रुपमा आफ्नो पार्टीको  झण्डा प्रयोग गरी पार्टी प्रवेशको झुटो नाटक मन्चन गरेको भन्दै आपत्ति जनाएको छ । कांग्रेस रसुवा जिल्ला कार्यसमितिले कालिकास्थानमा सोमबार आयोजना गरेको कार्यक्रममा आफ्नो पार्टीको झण्डा प्रयोग गरी फुर्वावाङ्दी तामाङलाई पार्टी संयोजककाे रुपमा प्रचार गरेको प्रति नयाँ शक्तिले आपत्ति जनाएको हो । फुर्वावाङ्दी तामाङ नयाँ शक्ति पार्टीको संघीय परिषद् सदस्य मात्र भएको नयाँ शक्ति रसुवाले स्पष्ट पारेको छ ।

नयाँ शक्ति रसुवाको आधिकारिक पार्टी संयोजकसहित जिल्ला कमिटी यथावत रहँदा रहँदै नयाँ शक्तिका केही व्यक्ति कांग्रेसमा प्रवेश गरेको विषयलाई कांग्रेसले झुटो प्रचार गरेको  नयाँ शक्ति रसुवाको आरोप छ । कांग्रेसको यस्तो कदमले जनमानसमा भ्रम छरेको भन्दै यसले बहुदलीय प्रजातन्त्रको खिल्ली उडाउने काम गरेको नयाँ शक्ति पार्टी रसुवाका संयोजक दावा तामाङद्धारा सामाजिक संजालमार्फत जारी विज्ञप्तीमा उल्लेख छ ।

नयाँ शक्तिका नेता तथा रसुवा प्रदेशसभा ख बाट विजयी सांसद प्रेम तामाङ कांग्रेसमा प्रवेश गर्ने कुरा केही समयदेखि बाहिर आएको थियो । उनीमात्रै होइन सिंगो नयाँ शक्ति पार्टी नै कांग्रेसमा समाहित हुने भनेर कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा सहित शीर्ष नेता रसुवा पुगे । तर, सांसद तामाङ भने कार्यक्रममा सहभागी भएनन् । तामाङ कार्यक्रममा सहभागी नभएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुन थालेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *