नेपाली फुटबलको स्तर उकास्छु : नवनियुक्त प्रशिक्षक जोहान कालिन

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक जोहान कालिनले नेपाली फुटबलको स्तर उकास्न हरसम्भव प्रयास गर्ने बताएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक जोहानले टोलीको स्तर उकास्न प्रयासरत रहने बताएका हुन् । आगामी दुई वर्षका लागि टोलीको जिम्मेवारी पाएका उनले टोलीको स्तर शून्यको अवस्थाबाट सुधार्ने बताए ।

आफ्नो मुख्य लक्ष्य नेपाललाई अन्तर्राष्ट्रिय उपाधि जिताउनु रहेको बताएका उनले एन्फाले कुनै त्यस्तो निश्चित लक्ष्य नदिएपनि नेपाली फुटबललाई सुधार गर्दै अघि बढ्ने विषयमा सहमति भएको उल्लेख गरे । स्वीडिस नागरिक जोहानले यसअघि २०१४ मा ए डिभिजन क्लब मच्छिन्द्रको जिम्मेवारी सम्हालेका थिए ।

कालिनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको नेपालले चैत दोेस्रो साता मलेशियासँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । कालिनको मुख्य प्रशिक्षणमा नेपालले चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । राष्ट्रिय फुटबल टिमलाई व्यस्त बनाउन मैत्रीपूर्ण खेलमा सहभागिता जनाउने निर्णय भएको एन्फाले जनाएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *