देउवा र सिटौला समुहबिच इँटा हानाहान, पार्टी मुख्यालय बन्यो रणमैदान

काठमाडौ – १२ औं महाधिवेशन गराउन तदर्थ समिति गठन गर्न माग गर्दै आएको नेपाल विद्यार्थी संघका दुई समूहबीच नेपाली कांग्रेसको कार्यालय सानेपामा इँटा हानाहान भएको छ।

सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका विद्यार्थी समूहबीच आइतबार दिउँसो झडप भएको हो। झडपलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको थियो।

फागुन ९ गते नेविसंघ कार्यकर्तासँग उपसभापति विमलेन्द्र निधि र सहमहामन्त्री प्रकाशशरण महतको विवाद भएको थियो। नेविसंघभित्र अराजकता हावी भएको भन्दै अनुशासनको कारबाही गर्न माग गर्दै देउवा निकट नेविसंघले पार्टी कार्यालयमा मौन प्रदर्शन गरेको थियो।

नेविसंघ नेता ऋषिकेशजंग शाह नेतृत्वले गरेको मौन प्रदर्शनमा उनीहरूले लिएका व्यानर अर्को समूहले च्यातेपछि इँटा हानाहान भएको हो। प्रहरीको लाठी र इँटा प्रहारबाट निवर्तमान सहमहामन्त्री बद्री मुडबडी, दीपेन्द्र क्षेत्री,दिवाकर अर्यालसहित देउवा-सिटौला समूहका नेविसंघ कार्यकर्ता घाइते भएका थिए

विधानमा उल्लेख भएअनुसार नै ३२ वर्षे उमेरहद कायम गर्न सिटौला समूहले माग गर्दै आएको छ।

देउवा समूहका विद्यार्थी नेताहरू भने १२ औं महाधिवेशनबाट मात्रै ३२ वर्षे उमेरहद लागू गर्नुपर्ने बताउने गरेका छन्। महाधिवेशन गराउनका लागि बन्ने तदर्थ समितिमा उमेरहद लगाउने वा नलगाउने भन्ने बहस कांग्रेस केन्द्रीय समिति बैठकमा पनि छ।

नेविसंघ सभापति नैनसिंह महरले राजीनामा दिएपछि नेविसंघ नेतृत्वविहीन छ। २० जिल्लामा अधिवेशन भए पनि क्याम्पस, जिल्ला, प्रदेशहरुमा नेविसंघको संगठन रिक्त छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *