नयाँ बस्ती सँग ब्वाइज युनियन पराजित

काठमाडौं – नयाँ बस्ती युथ क्लबले ब्वाइज युनियनमाथि जित निकालेको दिन बिहीबार सहिद स्मारक बी डिभिजन लिग फुटबलमा बासबारी र भगवती क्लबले २–२ को बराबरी खेलेका छन् ।  बिहीबार साताबाटोस्थित एन्फा कम्लेक्समा नयाँबस्तीको जितमा साजन राइ र कुमार चौधरीले गरेको गोल पर्याप्त भयो ।

२२ औं मिनेटमा साजनको गोलबाट अग्रता लिएको नयाँबस्तीले ६५ औं मिनेटमा दोस्रो गोल गरे । बाँकी समय गोल हुन सकेन् र नयाँबस्ती दुइ गोलले बिजय भयो ।

त्यसअघि भएको अर्को खेलमा बासबारी र श्री भगवती क्लबले २–२ को बराबरी खेले । आस गुरुङ, काल्लोस बखरीयाको गोलबाट पहिलो हाफमा अग्रता दोब्बर बनाएको भगवती क्लब दोस्रो हाफमा सम्हालिन नसक्दा अंक बाड्न बाध्य भयो । बासबारीका लागि दिनेश कार्की र महेन्द्र कार्कीले गोल गरे ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *