फोटोमा हेर्नुस् बाबुराम भट्टराईको नयाँ अवतार

काठमाडौ -पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ६४ वर्षको उमेरमा पहिलो पटक दौरा सुरूवाल र ढाका टोपी लगाएका छन्।

नयाँ शक्ती पार्टीले पुर्व मेचीदेखी पश्चिम महाकालीसम्मको लोकराजमार्ग हुँदै गरिरहेको जनसंवाद कार्यक्रमका क्रममा जाजरकोट पुगेका डा. भट्टराईले दौरा सुरूवाल, कोट र ढाकाटोपी लगाएका हुन्।

नयाँ शक्तीकी नेतृ तथा भट्टराईपत्नी हिसिला यमीले खस प्रदेशको कर्णाली पुग्दा बाबुराम भट्टराईले जीवनमा पहिलोपटक खस पहिरन दौरा सुरूवाल तथा ढाकाटोपी लगाएको जनाएकी छिन्।

जनयुद्ध सुरू भएदेखि नै माओवादी नेताहरूले अघोषितरूपमा दौरा सुरूवाल तथा ढाकाटोपी बहिष्कार गरेका थिए।

अहिले पनि पूर्व माओवादी नेताहरूले विरलै दौरा सुरूवाल ढाकाटोपी लगाउने गर्छन।

नेकपाका अध्यक्ष तथा माओवादी जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई बाम पार्टी मिलेर नेकपा बनेपछि मात्रै ढाकाटोपी कहिलेकाँहि लगाउने थालेका छन्। उनले सार्वजनिक रूपमा एकसाथ दौरा सुरूवाल तथा ढाका टोपी लगाएका छैनन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *