कोइराला थर हुँदैमा पार्टी सभापति बन्न पाइँदैन : सभापति देउवा

काठमाडौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोइराला थर हुँदैमा पार्टी सभापति बन्न नपाइने बताएका छन्।

नेपाली कांग्रेस पर्साले बुधबार दिउँसो वीरगन्जमा आयोजना गरेको  जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देउवाले कोइराला परिवारलालाई प्रत्यक्ष रूपमै महाधिवेशनबाट सभापति बन्न चुनौती दिएका हुन्।

पर्सामा नेपाली कांग्रेसका तीनै कोइराला नेता एउटै मालामा उनिएर एक भएको सन्देश दिएको चार दिन नवित्दै कांग्रेसका केन्द्रीय नेताको ठूलो दलबलका साथ वीरगन्ज आएका सभापति  देउवाले पार्टी कसैको बपौती (बाबुको) सम्पति नभएको भन्दै कोइराला थर हुँदैमा सभापति बन्न नपाइने तर्क गरे।

उनले नेपाली कांग्रेस एउटा प्रजातान्त्रिक पार्टी भएको स्मरण गराउँदै नाम र थरकै आधारमा राजनीतिक हैसियत नपाउने स्पष्ट पारे।

शेखर र शशांक कोइरालाले जे पायो त्यही बोल्दै हिँडेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै देउवाले पार्टीले अब अनुशासनहिन अभिव्यक्ति दिने तथा काम गर्ने नेता र कार्यकर्तालाई तह लगाउने बताए।

उनले छिट्टै अनुशासन समिति गठन गरी पार्टीमा अन्तर्घात गर्ने नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिए।

उनले अब पार्टीलाई थप सशक्त र अनुशासित पार्टी बनाउन कसरी सकिन्न भन्नेतर्फ लागिपरेको बताए।

वीरगंज आर्थिक नगरी मात्र नभएर नेपालको लाइफलाइनसँगै क्रान्ति शुरू भएको जिल्ला भएको चर्चा गर्दै उनले यस्तो ठाउँबाट कांग्रेस हार्नुमा निकै दुःख लागेको बताए।

‘केन्द्र सरकारको कारण महंगी, कर, भ्रष्ट्रचार, अनियमितता यति वृद्धि भएको छ कि, लाजले मुख छोपेर हिँड्नु पर्ने भएको छ,’ उनले भने।

सरकारले कहिले होलीवाइनको कुरा त कहिले भेनेजुएलाको सिद्धान्तको कुरा उठाएर भेडे जात्रा गर्ने गरेको उनले बताए।

पार्टीको सदस्यता तथा परिचयपत्र अभियानलाई सक्रियतासाथ अघि बढाउने भन्दै उनले पार्टीलाई बलियो र एक नम्बरको पार्टी बनाउने दाबी गरे।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *