आफ्नै घर भएकी उप-मेयरले घरभाडा मागेपछि भरतपुर महानगरमा लफडा

चितवन – आफ्नै घर हुदाँहुदै पनि भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले घरभाडा पाउन गरेको आग्रह प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले ईन्कार गरेपछि महानगरमा अहिले “शितयुद्ध” नै देखापरेको छ । आफुलाई प्रशासकीय अधिकृतले नटेरेको, अभद्र ब्यवहार गरेको भन्दै उपमेयर पार्वती शाहले मंगलवार भएको महानगरको नियमित वोर्ड बैठकमा समेत सहभागीता जनाउन मान्नु भएन् । नेपाली काँग्रेसवाट उपमेयर हुनुभएकी शाह वैठकवाट वाहिरिएपछि काँग्रेसवाटै निर्वाचित अरु वडाका अध्यक्षहरुपनि निस्किए ।

जनप्रतिनीधिले सरकारवाट नियमित रुपमा पारिश्रमिक पाँउछन् । भरतपुर महानगर पालिकामा मेयर रेनु दाहालको मासिक पारिश्रमिक ४२ हजार छ । त्यसवाहेक सावारी साधन, ईन्धन र घर भाडाको सुविधा दाहालले लिनुभएको छ । मेयर दाहालले यहाँ आफ्नो बस्ने घर नभएको भन्दै घरभाडा लिदै आउनुभएको छ । भरतपुर महानगरपालिका वडा नम्वर १० मा महानगर आफैले मासिक ३३ हजार ६ सय सोझै घरधनीलाई दिने गरी मेयर दाहालको लागी घरभाडामा लिएको छ ।

ईन्धन वापत मेयर दाहालले गत अशोजमा १४ हजार, कार्तिकमा १९ हजार र मंशिरमा १२ हजार रुपैयाँ लिनुभएको भरतपुर महानगरपालिकाका लेखा अधिकृत षडानन्द अधिकारीेले जानकारी दिनुभयो । यो तिन महिनामा मेयर दाहालले ईन्धन वापत ४५ हजार रुपैयाँ खर्च गर्नुभएको छ ।

त्यस्तै भरतपुर महानगरपालिकाकी उपमेयर पावर्ती शाहले सरकारवाट मासिक पारिश्रमिक ३७ हजार पाउनुहुन्छ । त्यसवाहेक ईन्धन र सवारी साधनको सुविधा पनि उहाँलाई छ । भरतपुर महानगरपालिका वडा नम्वर १२ मा उहाँको घर छ । आफ्नै घर भएकालाई घर भाडा दिन नमिल्ने भएकाले उहाँलाई घरभाडाको रकम उपलब्ध गराउन नसकिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले बताउनुभयो । “उपमेयरज्युले घर भाडा वापतको रकम व्यबस्थापन गर्न मलाई भन्नुभएको हो, तर यहाँ आफ्नै घर हुदाँहुदै प्रवन्ध गर्न नमिल्ने व्यहोरा जनाएँ” सुवेदीले भन्नुभयो, “यसलाई बिबादका रुपमा नवुझौं ।”
उपमेयर शाहले ईन्धनवापत गत अशोजमा २४ हजार, कार्तिकमा ३८ हजार र मंशिरमा ३२ हजार रुपैया खर्च गर्नुभएको महानगरका लेखा अधिकृत अधिकारीेले जानकारी दिनुभयो । तिन महिनाको अवधिमा ईन्धनमा ९४ हजार रुपैँया खर्च गर्नुुभएको छ । ईन्धनमा मेयर दाहालले भन्दा उपमेयर शाहले दोब्वर वढी खर्च गरेको देखिन्छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *