स्ववियु निर्वाचनको माग गर्दै नेकपा निकट विद्यार्थी संगठनद्वारा आन्दोलन घोषणा

काठमाडौं – फागुनभित्र स्ववियु चुनाव हुने सम्भावना टरेपछि सत्तारूढ दल निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी र अनेरास्ववियुले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । यसअघि त्रिभुवन विश्वविद्यालयले फागुन १७ गते स्ववियुमा निर्वाचित पदाधिकारीको कार्यकाल सकिने भन्दै निर्वाचनको तयारी गर्न निर्देशन दिएको थियो ।

तर, त्रिविले स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक नगरेको भन्दै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)निकट विद्यार्थी संगठनले सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले बताइन् । दुवै संगठनले निर्धारित मितिमै चुनाव गराउन यसअघि नै अल्टिमेटम दिएको तर आनाकानी गरेको भन्त्रै त्रिवि कुनै विद्यार्थी संगठनको दबाबमा परेर चुनाव नगराउन उद्यत त छैन भनेर संशय खडा भएको बताइन् ।

स्ववियु चुनाव गराउन दबाब दिने अभिप्रायले भोलि फागुन ६ गते त्रिवि उपकुलपति कार्यालय घेराउ र पर्सि ७ गते देशभरका स्ववियु चुनाव हुने क्याम्पसमा क्याम्पस प्रमुखको कार्यकक्ष घेराउ र प्रदर्शनी आयोजना गर्ने उनको भनाइ छ । यता त्रिविले प्रमुख प्रतिपक्षी दल नेपाल विद्यार्थी संघको नेतृत्व विघटित भएको आन्दोलनमा समेत रहेकाले सर्वपक्षीय विद्यार्थीको बैठक बस्न नसकेको र मिति तोक्न ढिलाइ भइरहेको बताएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *