कला, साहित्य र सिर्जना क्षेत्रलाई आलोचना गर्ने अधिकार हुन्छ : लेखनाथ न्यौपाने

काठमाडौँ – सत्तारुढ नेकपाका युवा नेता लेखनाथ न्यौपानेले गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा लुट्न सके लुटअरु देशमा पाइँदैन नेपालमै हो छुट‍’ बोलको गित लाइ सकारात्मक रुपमा हेर्नुपर्ने  बताएका छन् । नेता न्यौपानेले सामाजिक संन्जाल फेसबुक मार्फत धारणा सार्वजनिक गरेका हुन

यस्तो छ न्यौपानेको स्ट्याटस :

राजनीति आफै आलोचनात्मक चेतना हो  । कला, साहित्य र सिर्जना क्षेत्रलाई राजनीतिक क्षेत्र भन्दा बढी आलोचना गर्न पाउने अधिकार हुन्छ । 

कस्तो थियो पशुपति शर्मा को गित ?

गायक पशुपति शर्माको नयाँ गीत‘लुट्न सके लुट् कान्छा..’ सार्वजनिक भएको दोस्रो दिन युट्युब च्यानलबाट हटेको छ । शर्माको युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको गीत शनिबार नेपालको युट्युब ट्रेन्डिङमा १० औं नम्बरमा परेको थियो ।

‘लुट्न सके लुट कान्छा लुट्न सके लुट
अरु देशमा पाइँदैन नेपालमै हो छुट‍..’

‘लुट्न सके लुट कान्छा लुट्न सके लुट
अरु देशमा पाइँदैन नेपालमै हो छुट‍..’

सार्वजनिक तथा सरकारी निकायमा भ्रष्टचारका कयौँ घटनाहरू सार्वजनिक भइरहेका बेला शर्माले यही विषयलाई गीतको मूल विषय बनाएका थिए ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *