फिफा वरियतामा कतारको छलाङ, नेपाल पुरानै स्थानमा

काठमाडौं – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १ सय ६१ औं स्थानमा यथावत् रहेको छ । पछिल्लो समय कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता  सहभागी नभएको नेपाल पुरानै स्थानमा यथावत् रहेको हो ।

दक्षिण एसियामा भारत शिर्षस्थानमा छ । हालै एशियन कप फुटबल खेलेको भारत ६ स्थान तल झर्दै एक सय ३ औं स्थानमा छ । माल्दिभ्स १ सय ५२ औ स्थानमा रहँदा नेपाल १ सय ६१ औं स्थानमा छ । भुटान १ सय ८६ औ स्थानमा रहँदा बंगलादेश १ सय ९२ औं स्थानमा छ । पाकिस्तान १ सय ९९ र श्रीलंका २ सय स्थानमा यथावत् छ । एशियन कप च्याम्पीयन कतार ३८ स्थान माथि चढ्दै फिफा बरियताको ५५ औं स्थानमा पुगेको छ ।

बेल्जीयम फिफा वरियताको शिर्ष स्थानमा छ । रुस विश्वकप विजेता फ्रान्स दोस्रो स्थान छ । ब्राजिल दोस्रो स्थानमा रहँदा रुस विश्वकपको उपविजेता क्रोएसिया चौथो स्थानमा छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *