सानोठिमीमा आयोजित खुल्ला भलिबल प्रतियोगितामा सिन्धुपाल्चोकलाई तेस्रो स्थान

काठमाडौं – सहिद सप्ताह अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन सानोठिमि क्याम्पसको संयोजनमा अखिल (क्रान्तिकारी) र अनेरास्ववियु सानोठिमी क्याम्पस कमिटी  द्वारा आयोजित  खुल्ला भलिबल प्रतियोगितामा सिन्धुपाल्चोक भलिबल टिम तेस्रो भएको छ ।

माघ १५ गते बाट संचालन भएको प्रतियोगितामा १८ टिमको सहभागीतामा  थियो प्रतियोगिताको चौथो दिन पाटन संयुक्त क्याम्पस लाई हराउँदै सिन्धुपाल्चोक भलिबल टिमले तृतीय स्थान प्राप्त गरेको हो ।

प्रतियोगिताको फाईनल खेल आईतवार आयोजक टिम सानोठिमी क्याम्पस `A´ र सानोठिमी क्याम्पस` B´ बिच हुने छ । प्रतियोगितामा प्रथम, द्दितिय र तृतीय हुने टिमले क्रमशः पचास हजार, तीस हजार र बीस हजार नगद सँगै सिल मेडल र प्रमाणपत्र पाउने अनेरास्ववियु सानोठिमी क्याम्पस कमिटी उपाध्यक्ष उमेश सापकोटाले जानकारी दिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *