ला लिगा : बार्सिलोनाको ५ अंकको अग्रता, मेसिले बेन्चबाट गएर गरे गोल

बार्सिलोना– स्पेनिस ला लिगाको शीर्ष स्थानको बार्सिलोनाले ५ अंकको अग्रता लिएको छ। बार्सिलोनाले आइतबार राति भएको खेलमा लेगानेसलाई ३–१ गोलले हराउँदै दोस्रो स्थानको एट्लेटिको म्याड्रिडसँग ५ अंकको अग्रताको अग्रता लिएको हो।

खेलको ३२ मिनेटमा उस्मान डेम्बेलेले गोल गरेर बार्सिलोनालाई अग्रता दिलाएका थिए। तर खेलको ५७ मिनेटमा बार्थेटले लेगानेसका लागि बराबरी गोल फर्काउन सफल भए।

लुइस सुआरेजले खेलको ७१ मिनेटमा टिमका लागि दोस्रो गोल गर्दा बार्सिलोनाले दोस्रो पटक अग्रता लिन सफल भयो।

बार्सिलोनाका लागि लिओनल मेसीले तेस्रो गोल गर्दै टिमको जित पक्का गरे। मेसीले खेलको दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरेका थिए।

बार्सिलोनाले आफ्ना स्टार खेलाडी मेसीलाई बेञ्चमा राखेर खेल सुरु गरेको थियो। यद्यपी बार्सिलोनाले खेलको ६४ मिनेटमा मेसीलाई मैदान छिराएको थियो। मेसी कार्लास एलेनाको स्थानमा मैदान प्रवेश गरेका थिए।

लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाले २० खेलबाट ४६ अंक बटुलेको छ। दोस्रो स्थानको एट्लेटिकोको ४१ अंक छ। तेस्रो स्थानको रियल म्याड्रिडले बार्सिलोना भन्दा १० अंक कम ३६ अंक जोडेको छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *