आज दिपक मनाङ्गले सपथ लिदै

काठमाडौं मनाङ जिल्लाबाट प्रदेशसभामा निर्वाचित स्वतन्त्र सांसद् दीपक मनाङ्गले आज सपथ लिने भएका छन्।

प्रदेशसभा सांसद्‍का रुपमा सपथ लिनका लागि आज बिहानै उनी पोखरा जाने तयारीमा रहेको मनाङ्गेको परिवारिक स्रोतले जानकारी दिएको छ।

ज्यान मार्ने उद्योगमा मुद्दा खेपिरहेका मनाङ्‍गेको मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा छ।

हाल थुना बाहिर रहेकाले मनाङ्गेले प्रदेश सांसदका रूपमा सपथ लिन पाउनुपर्ने माग गर्दै एक साताअघि प्रदेशसभामा निवेदन दिएका थिए।

मनाङ्‍गे तत्कालीन पुनरावेदन अदातलबाट दोषी ठहर भएका तर सर्वोच्चबाट फैसला आई नसकेकाले सपथ लिन पाउनुपर्ने वकालत  उनका पक्षमा रहेकाहरूले गर्दै आएका थिए।

आइतबारका लागि कार्यव्यवस्था समितिको बैठक बोलाइएको नेकपा गण्डकी प्रदेशका प्रमुख सचेतक मायानाथ अधिकारीले पुष्टि गरे। तर सपथ हुने/नहुने बारे उनले खुलाउन चाहेनन्।

यसअघि रेशमकुमार चौधरीले प्रतिनिधिसभा सांसदका रुपमा सपथ लिएपछि मनाङ्गेले पनि सपथ लिने बाटो खुलेको हो।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *