लेखा समितिको प्रतिवेदन स्वीकार्य छैन : संचारमन्त्री बाँस्कोटा

काठमाडौं – सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संसदको लेखा समिति अन्तर्गतको उपसमितिले तयार पारेको प्रतिवेदन सरकारलाई स्वीकार्य नभएको बताएका छन्।

नेपाल वायुसेवा निगमले वाइडबडी ‘ए ३००’ नामक  दुई जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको संसदको सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले निष्कर्ष निकालेपछि सरकारका प्रवक्ताको यस्तो धारणा आएको हो।

‘लेखा समिति अन्तर्गतको उपसमितिले तयार पारेको प्रतिवेदनलाई अन्तिम निर्णय जस्तो गरी प्रचार गरियो’, प्रवक्ता बाँस्कोटाले भने, ‘त्यो सरकारलाई स्वीकार्य छैन।’

उनले कसैमाथि अभियोग लाग्दैमा अभियुक्त प्रमाणित नहुने भन्दै उपसमितिको प्रतिवेदनलाई अन्तिम निर्णय जस्तैगरी प्रचार नगर्न आग्रहसमेत गरे।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *