म्यान्चेस्टर युनाइटेडको लगातार चौथो जित

काठमाडौं – म्यान्चेस्टर  इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यास्टल युनाइटेडलाई सहज रुपमा पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले न्युक्यास्टललाई उसैको मैदानमा २-० गोलअन्तरले पराजित गरेको हो । म्यान्चेस्टर युनाइटेडको जितमा रोमेलु लुकाकु र मार्कुस राष्फोर्डले समान १-१ गोल गरे ।

पहिलो हाफमा दुबै टिमले गोल रहित बराबरी खेलेका थिए । पहिलो हाफसम्म म्यान्चेस्टर युनाइटेडलाई गोलरहित बराबरीमा रोकेको न्युक्यास्टलले दोस्रो हाफमा भने दुई गोल खान पुग्यो ।

खेलको ६४औं मिनेटमा लुकाकुले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए । खेलको ८०औं मिनेटमा राष्फोर्डले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई २-० गोलको जित दिलाएका हुन् ।

जितसँगै लिगको छैटौ स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडले २१ खेलबाट ३८ अंक बनाएको छ । पराजित न्युक्यास्टलको भने २१ खेलबाट १८ अंक रहेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *