अखिल (क्रान्तिकारी) विश्वविद्यालय कमाण्ड द्वारा आयोजित अन्तरकलेज फुटसल सुरु

काठमाडौं – नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) विश्वविद्यालय तथा सिटिइभिटी समन्वय समितिले आयोजना गरेको उपत्यकाब्यापी अन्तरकलेज फुटसल प्रतियोगिता आजबाट शुरु भएको छ।

प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय वाहेक सवै विश्वविद्यालय र सिटिइभिटी अन्तर्गतका कुल ४० वटा कलेजले भाग लिएका छन्।

तिन दिन सम्म चल्ने सो प्रतियोगिताको उद्घाटन वालुवटार स्थित एक्सेल फुटसलमा अनेरास्ववियू (क्रान्तिकारी ) का अध्यक्ष रञ्जित तामाङले गरेका थिए। प्रतियोगितामा विजेतालाई ७० हजार नगद र उपविजेतालाई ४० हजार नगद सहित ट्रफी र मेडेल साथै प्रतियोगिताका उत्कृष्ट खेलाडी ,उत्कृष्ट गोलकिपर र टप स्कोररलाई समेत विशेष पुरस्कारको व्यबस्था गरिएको अखिल (क्रान्तिकारी) विश्वविद्यालय कमाण्ड संयोजक संजय काल्धनले वताए।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *