फुटको संघारमा विवेकशील साझा

काठमाडौं – पार्टी एकता गरेको डेढ वर्षमै विवेकशील साझा पार्टीमा आन्तरिक विवाद चुलिएको छ । संयोजक उज्वल थापाले पार्टी गलत दिशामा रहेको निष्कर्षसहित समीक्षा प्रतिवेदन पेश गरेपछि विवाद सतहमा आएको छ ।

थापा तत्कालीन विवेकशीलका अध्यक्ष हुन् भने रविन्द्र मिश्र साझा पार्टीका अध्यक्ष थिए । दुई पार्टी एकता गरेर विवेकशील साझा पार्टी बनाउँदा दुबै संयोजक थिए । गत संसदीय चुनावमा यो पार्टीको अत्यधिक चर्चा भए पनि अपेक्षित नतिजा ल्याउन सकेन । संघीय संसदमा पार्टीले कुनै सिट जित्न सकेन । प्रदेश ३ मा ३ सांसदमै चित्त बुझाउनुपर्‍यो । पछिल्लो समय नेता कार्यकर्तामा उत्साह कम भएको छ ।

त्यही बेला संयोजक थापाले पार्टी गलत दिशामा रहेको प्रतिवेदन सार्वजनिक गरेका छन् । एक केन्द्रीय सदस्यका अनुसार यो पार्टी फुट स्तरको होइन तर, थापाले आम नेता कार्यकर्ताको भावना बोलेका हुन् ।

निर्वाचनपछिको एक वर्षको समीक्षा गर्दै थापाले भनेका छन्, ‘म यो निष्कर्षमा पुगेको छ कि विवेकशील साझा पार्टी अहिले समग्र गलत बाटोतर्फ गइरहेको छ ।’

आफू जिम्मेवारीबाट भाग्न खोजेको नभई आफ्नै नेतृत्वमाथि निर्मम समीक्षा भएको र आफ्नो अंशको जिम्मेवारी लिने उनले बताएका छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *