सन्दिपको बिग ब्यास यात्रा : तीन खेल, तिनै क्याप्टेन आउट, सर्वाधिक विकेट

काठमाडौ – अस्ट्रेलियाको क्रिकेट लिग बिग ब्यास खेलिरहेका नेपाली यूवा स्पिनर सन्दीप लामिछानेले अहिलेसम्म आफू आवद्ध क्लब मेल्वर्न स्टार्सको तर्फबाट तीन खेल खेलिसकेका छन्। तीमध्ये मेल्वर्न स्टार्सले दुई खेलमा हार र एक खेलमा जित निकालेको छ तर सन्दीपले भने तीनै खेलमा सानदार प्रदर्शनगरिरहेका छन् ।

सन्दिपले पहिलो खेलमा सिड्नी थन्डर्सका दुई विकेट हात पारे। होर्वाट हुरिकेन्सविरुद्ध दोस्रो खेलमा उनले तीन विकेट लिए। तेस्रो खेलमा सिड्नी सिक्सर्सविरुद्ध दुई विकेट लिएका सन्दीप जारी प्रतियोगितामा अहिलेसम्मका सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्।

 

पछिल्ला तिनै खेलमा सन्दीपको अर्को एउटा संयोग पनि बनेको छ। सबै खेलमा पुरै ओभर बलिङ गरेका सन्दीपले तिनै टिमका कप्तानलाई पेवेलियन फर्काइदिएका छन्। जुन एउटा अनौठो संयोग पनि हो।

क्यानबेरामा सम्पन्न पहिलो खेलमा सन्दीपले सिड्नी थन्डर्सका कप्तान शेन वाट्सनलाई आउट पारे भने दोस्रो खेलमा भने होर्वाट हुरिकेन्सका कप्तान म्याथ्यू वेडलाई क्याच आउट गरेका थिए। सन्दीपले तेस्रो तथा विजयी खेलमा सिड्नी सिक्सर्सका कप्तान मोजेज हेनिरिक्सलाई एलबिडब्लु धरापमा पार्दै पेवेलियन पठाएका थिए।

सिड्नीको एससीजीमा भएको पहिलो जितमा पनि निकै कसिलो बलिङ गरेका सन्दीपले चार ओभर बलिङ गर्दै १८ रन खर्चेर दुई विकेट लिएका थिए।

यस खेलमा मेलवर्न स्टार्सले पाँच विकेटको फराकिलो जित हात पारेको थियो। तीन खेल अनि तीन कप्तानीको आउटबारे सन्दीप भन्छन्, ‘यो एउटा संयोग हो, बलरले हरेक बलमा विकेट लिने उद्धेश्यका साथ बलिङ गर्छ तर कुन बलमा को आउट हुन्छ त्यो पत्तो हुँदैन।’

पहिलो खेल वर्षाले बिथोलेपछि डकवर्थ लुइसमा सिड्नी थन्डर्ससँग हार बेहोरेको सन्दीपको टोलीले दोस्रो खेलमा होवर्टसँग पनि हार बेहोरेको थियो। तर, व्यक्तिगत रूपमा भने सन्दीपले दोस्रो खेलमा पनि पुरै ओभर बलिङ गर्दै महत्वपूर्ण तीन विकेट लिएका थिए।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *