हात्ती सुन्दरीको ताज बिजुलीकलीलाई

भरतपुर– चितवनको सौराहामा जारी १५औँ हात्ती महोत्सवमा सम्पन्न हात्ती सुन्दरी प्रतियोगिताको उपाधि ‘बिजुलीकली’ले जितेको छ।

प्रतिस्पर्धामा सहभागी अन्य तीन हात्तीलाई पछि पार्दै १८ वर्षको ‘बिजुलीकली’ले उपाधि हात पारेको हो। प्रतिस्पर्धामा चम्पाकली, एलिसाकली र सेल्फीकली सहभागी थिए। फस्ट रनरअप २२ वर्ष उमेरकी चम्पाकली हुँदा सेकेन्ड रनरअप १९ वर्षकी अलिशाकली भइन्।

यस्तै हात्ती ‘फास्ट वाक’मा ६ वटा हात्ती फाइनलमा प्रवेश गरेका छन्। सेमिफाइनलमा सहभागी १२ हात्तीमध्ये बिजुलीकली, बम्बोजकली, अनारकली, समृद्धिकली, लक्कीकली र आशाकली फाइनलमा प्रवेश गरेका थिए ।

हात्ती पोलोअन्तर्गत शनिबार सम्पन्न खेल जित्दै होटल सेभेन स्टार फाइनलमा प्रवेश गरेको छ। एनआरएनए हङ्कङलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै सेभेन स्टार फाइनलमा पुगेको हो। निर्धारित समयसम्म ३÷३ गोलको बराबरी भएपछि पेनाल्टी सुट आउटमा सेभेनस्टार एक शून्यले विजयी भएको हो।

रासस

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *