आफनो ठाउ आफै सफा गर्ने अभियान

जोरपाटी-  काठमाडौ जिल्ला गोर्कणेश्वर नगरपालिका वडा नं ८ स्थित संगम टोल छ, जुन टोलका वासिन्दाहरु प्रत्येक शनिवार कुचो लिएर सडकमा निस्कने गरेको एक १८ महिना भन्दा वढी भइसक्यो ।

त्यस टोलको भेलाले प्रकाश अधिकारीको अध्यक्षतामा टोल सुधार समिति गठन गरेपछि निरन्तर रुपमा यो कार्य गर्दै आएको छ । कम्तिमा विदाको समयको १५ मिनेट टोलको लागि भन्ने अभिप्रायले यो कार्य शु्रु गरिएको प्रकाश अधिकारी वताउनुहुन्छ ।

नगरपालिकालाई जानकारी मात्र गराएको र कुनै किसिमको सहयोग कतैवाट नलिकन गरिएको सफल कार्यक्रम हो। होटलमा चिया खाने पैसा कटौती गरी मास्क, पन्जा, कुचो लगाएतका सामाग्री किन्ने गरिएको छ । फोहोरलाई वर्गिकरण गरेर उठाउने गरिएको छ ।

फोहोरमैला तालिम , सडक वत्ति, गेट तथा घर नम्वर समेत सम्पूर्ण स्थानीय वासीको आफ्नै पहलमा गरिएको छ। नमूना टोल वनाउने मूल उद्धेस्य राखिएको यस टोलमा तामाङ, शेर्पा, थापा, गु्रुङ, मगर कोइराला अधिकारी लगायतका सवै जाती विचको अनुपम मेलको उदाहरण राज्यलाई पनि दिन खोजिएको कुरा अध्यक्ष अधिकारी वताउनुहुन्छ ।

फोहोरलाई मोहोर वनाउन कुनै संस्था इच्छुक छन भने यस टोल सहकार्य गर्न आतुर छ ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *