सप्तरीमा गहुँको बिउ अभाव : ३ हजार हेक्टर जग्गा बाँझै


सप्तरी–  सप्तरी जिल्लामा  गहुँ को बिउ अभाव भएको छ । यस वर्ष गहुँको बिउ नपाएर सप्तरीका धेरै किसानको खेत बाँझो छ । जोतेर तयार पारेको खेतमा छर्नका लागि गहुँको बिउ खोजी गर्दा कतै नपाएपछि किसानहरु निराश  भएका छ्न ।

जिल्लामा १ हजार ५ सय टन बिउ आवश्यक रहेकोमा १ सय ५ टन बिउ मात्र उपलब्ध हुन सकेको  कृषि केन्द्र प्रमुख यादवले बताए । केन्द्रका प्रमुख भागिरथ यादवका अनुसार यस सम्बन्धमा मन्त्रालयबाट ढिलो गरी जानकारी आएका कारण समयमा बिउ किन्न नसक्दा अभाव भएको हो।

उनले सप्तरीमा ३० हजार हेक्टरमा गहुँ खेती हुने गरेकोमा यस वर्ष बिउ अभावकै कारण  २७ हजार हेक्टरमा मात्र गहुँ बाली लगाइएको जानकारी दिए। खेती भएको अधिकांशमा क्षेत्रमा घरमै भण्डारण गरी राखिएको बिउ नै प्रयोगमा ल्याइएको छ।

ढिलै भएपनि हामीले राष्ट्रिय कृषि बिउविजन केन्द्रमा गहुँको बिउका लागि सम्पर्क गर्यौं’, उनले भने, ‘तर, एक दाना पनि बिउ छैन भन्ने जवाफ आयो।’ भदौमै बिउको व्यवस्थाका लागि जुट्नु पर्नेमा मंसिर ९ गते मात्र मन्त्रालयले यसबारे जानकारी दिएपछि अन्त्यमा साल्ट ट्रेडिङ कर्पोरेसनसँग सम्झौता भएको थियो।

२ सय ३० टन बिउ दिने सम्झौता गरेको कर्पोरेसनले अन्तिम समयमा १ सय ५ टन मात्र दिएको र अपुग बिउको व्यवस्था गर्न नसकिएको केन्द्र प्रमुख यादवले बताए।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *