नेकपा स्थायी कमिटी बैठक : पारित भएन अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन आज पारित हुन सकेन । अध्यक्ष ओलीले स्थायी समितिका सदस्यहरुले उठाएका विषयमा जवाफ दिएपछि पारित गर्न आह्वान गरेका थिए तर परिमार्जन नगरी पारित नहुने अवाज उठेपछि भोली पुनः बस्ने गरी बैठक स्थगित भएको छ ।

सांगठनिक एकीकरणका बाँकी सबै कामहरु पुस मसान्त सम्ममा सकिने गरी योजना बनाउन र त्यसको निम्ति आवश्यक गृहकार्य गर्ने प्रकृयाको प्रस्ताव गर्दै अध्यक्ष ओलीले यो बैठक सकिँदा सिंगो पार्टी एकताबद्ध हुने, कार्यकर्ता उत्साहित हुने, जनतामा आशा र विश्वास पैदा गर्ने विश्वास व्यक्त गर्नुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *