बिग ब्यास लिग : मेलबर्न स्टार्सको पहिलो जित, सन्दिपले लिए २ विकेट

काठमाडौ – अष्ट्रेलियाकाे घरेलु क्रिकेट प्रतियोगिता बिग ब्यास लिगमा मेलबर्न स्टार्सले पहिलो जित निकालेको छ । बिहीबार भएको खेलमा मेलबर्न स्टारले सिड्नी सिक्सर्सर्लाई ५ विकेटले पराजित गरेकाे हाे । सिड्नीले दिएको एक सय ३१ रनको लक्ष्य मेलबर्नले १४.५ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो ।

सिड्नीलाई मध्यम योगफलमा रोक्नका लागि नेपाली युवा स्पिनर सन्दीप लामिछानेले २ विकेट लिए । ४ अाेभर बलिङ गरेका सन्दीपले १८ रन खर्चिएर २ विकेट लिएका थिए ।

सिड्नी सिक्सर्सका कप्तान माेजेस अर्निकेज र टम करेन सन्दिपकाे बलमा लेग बिफाेर अाउट भए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *