पर्सामा नेविसंघ कार्यकर्ताबीच खुकुरी हानाहान

वीरगन्ज – वीरगन्जमा बुधबार साँझ नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका कार्यकताबीच खुकुरी हानाहान भएको छ।

नेविसंघको जिल्ला अधिवेशनको विषयमा विवाद हुँदा दुई गुटबीच खुकुरी हानाहान भएको हो। कांग्रेस पर्साको पार्टी कार्यालय परिसरमा भएको खुकुरी प्रहारबाट नेविसंघ ठाकुरराम बहुमुखी क्याम्पसका इकाई उपाध्यक्ष समीर अन्सारी घाइते भएका छन्।

घाइते अन्सारीको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार  भइरहेको इकाई अध्यक्ष मनोज साहले जानकारी दिए। नेविसंघकै कार्यकर्ता रोशन सिंहले खुकुरी प्रहार गरेको साहको आरोप छ।

तनाव बढ्दै गएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।  नेविसंघ पर्साको जिल्ला अधिवेशनका लागि कांग्रेस केन्द्रीय कार्यालयले पर्सामा केन्द्रीय प्रतिनिधिका रुपमा सहमहामन्त्री लक्ष्मीभक्त खनाललाई खटाएको छ।

खनाल र कांगे्रेस पर्साका सचिव श्याम पटेलको उपस्थितीमा पार्टी कार्यालयमा छलफल चल्दै गर्दा कार्यालय परिसरमा रहेका दुई गुटका कार्यकर्ताबीच विवाद हुँदा खुकुरी हानाहान भएको हो।

कांग्रेस पर्साका सभापति अजय द्धिवेदीले एक महिना पहिले नेविसंघ पर्साको सभापतिमा विश्वास द्धिवेदीलाई मनोनयन गरेको घोषणा गरेपछि चर्को विवाद हुँदै आएको थियो। पार्टी सभापति द्धिवेदीले नेविसंघको सभापति भतिजा पर्ने विश्वासलाई बनाएपछि असन्तुष्ट नेविसंघका स्थानीय नेताले केन्द्रीय कार्यालयमा उजूरी गरेका थिए।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *