सन् २०१८ का चर्चित २३ फोटोहरु

काठमाडौ – सन् २०१८ सकिन अब केही दिन मात्र बाँकी छ । त्यही भएर यहाँ वर्षभर खिचिएका केही उत्कृष्ट तस्विरहरु प्रस्तुत गरिएको छ ।

हेरौँ रोयटर्सका फोटोपत्रकारहरुले खिचेका तस्विरहरु :

१. अमेरिकाको हवाइमा किलाउएआ ज्वालामुखी विस्फोटका दौरान निस्किएको लाभा । मे १८ । टेरे सिल्भेस्टर

२. सेन्ट पिटर्सबर्गको मिखेलोभस्की थिएटरमा रसिया र क्रोएसियाबीचको विश्वकप क्वाटरफाइनलको खेल खेर्दै एक बालेरिना डान्सर । जुलाई ७ । एन्टोन भागानोभ

३. दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इन र उत्तर कोरियाली नेता किम जोङ उन दुई राष्ट्रहरुको सीमा रहेको डिमिलिटराइज्ड जोनमा हात मिलाउँदै । अप्रिल २७

४. वेस्ट ब्याङ्कमा रहेको प्यालेस्टिाइनी विद्यालय बन्द गर्न इजरायलले निर्देशन दिएपछि इजरायली सैनिकसँग वादविवाद गर्दै प्यालेस्टाइनी नागरिक । अक्टोबर १५ । मोहमद टोरोक्मान

५. एफ वान बेल्जियन ग्रान्ड प्रिक्समा म्याकलरेनका फर्नान्डो ओलोन्सो र साउबरका चाल्र्स लेक्रेकको गाडी ठक्कर खाएपछि । अगस्त २६ । फ्रान्कोइस लेनोइर

६. अमेरिकाको श्वेत राष्ट्रवादी समूह नेसनल सोसलिस्ट मुभमेन्टका सदस्यहरु जलिरहेको स्वस्तिाको पृष्ठभूमिमा जर्जियाको एक स्थानमा नाजी सल्युट गर्दै । अप्रिल २१ । गो नाकामुरा

७. चलचित्र निर्माता हार्भे विन्सटन म्यानहाटन क्रिमिनर कोर्टमा उपस्थित हुँदै । मे २५ । स्यानन स्टेपलटन

८. आप्रवासीहरुको क्याराभान ग्वाटेमालाबाट मेक्सिको छिर्दा सुचीएट नदी तर्दै गर्दा होन्डुरसका ५ वर्षीय एन्जल जिससलाई बोक्दै लुइस एकोस्टा । अक्टोबर २९ । अड्रीस लतिफ ।

९. अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम विस्फोटपछि घाइते बालिकासँगै रुँदै एक पुरुष । अप्रिल २२ । मोहमद इसमाइली

१०. सिरियाको सिभिल डिफेन्सका सदस्य दमास्कसमा एक घाइते बालकलाई बोक्दै । जनवरी । बसाम खाबिये

११. चन्द्रग्रहणका दौरान फोटोसुट गर्दै ब्राजिलकी एक दुलही । जुलाई २७ । उएसलेइ मार्सिलेनो

१२. अफगानिस्तानको काबुलमा भएको बम विस्फोट पछिको दृश्य । घटनामा ९ पत्रकारहरुको मृत्यु भएको थियो । अप्रिल ३० । ओमार सोभानी

१३. गाजा सहरको पूर्वमा रहेको इजरायलसँगको सीमामा आयोजना गरिएको प्रदर्शनका दौरान प्यालेस्टाइनी प्रदर्शनकारी । अप्रिल ६ । मोहमद सलेम

१४. उत्तर कोरियाको प्योङयाङमा चिडियाखाना भ्रमणको दौरान आइसक्रिम खाँदै एक सैनिक । सेप्टेम्बर १२ । ड्यानिस सिद्दिकी

१५. ताइवानमा गएको शक्तिशाली भूकम्पपछिको दृश्य । फेब्रुअरी ७ । टाइरोन सिउ

१६. क्रोएसियालाई हराउँदै विश्वकप फुटबलको उपाधि जितेपछि मस्कोको लुझिन्की स्टेडियममा खुसियाली मनाउँदै फ्रान्सका खेलाडी । जुलाई १५ । माइकल दल्डेर

१७. होन्डुरसमा बारियो–१८ ग्याङका सदस्यको शव अगाडि एक कुखुरा हिँड्दै । सेप्टेम्बर २८ । गोरान टोमासेभिच

१८. इन्डोनेसियाको सुलावेसीमा भत्किएको घरमाथि खेलौना बोक्दै एक महिला । उनले तीन सन्तान गुमाएकी थिइन् । अक्टोबर ७ । जर्ज सिल्भा

२९. टियर ग्यास लागेर घाइते भएका एक प्यालेस्टाइनी प्रदर्शनकारी । जुन ८ । इब्राहिम अबु मुस्तफा

२०. बेलायतका राजकुमार ह्यारी र मेगनको विवाह समारोह । मे १९ । दामिर सागोल्ज

२१. ब्राजिलको राष्ट्रपति पदका उम्मेदवार जेर बोल्सोनारोमाथि एक र्यालीका दौरान छुरा प्रहार भएपछि । सेप्टेम्बर ६ । रायसा काम्पोस लेइटे

२२. ह्वइट हाउसमा भएको पत्रकार सम्मेलनका दौरान सिएनएनका जिम एकोस्टा र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको विवाद । नोभेम्बर ७ । जोनाथन अर्नेस्ट

२३. सिङ्गापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको भेट । जुन १२ । जोनाथन अर्नेस्ट

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *