शारीरिक सुगठनमा स्वर्ण जितेका महेश्वरलाइ थाइ नेपाली संघको नगद १ लाखसहित सम्मान

काठमाडौ–थाइल्यान्डको चाङमइमा भएको १० औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण जितेका नेपालका महेश्वर महर्जनलाई थाइ नेपाल संघले सम्मान गरेको छ।

उनलाई नगद एक लाख रुपैयाँसहित सम्मान गरिएको थाइ नेपाली संघका अध्यक्ष कुमार कार्कीले बताए।
बैंककको होलिडे होटलमा आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको थियो। अध्यक्ष कार्कीले आफू जहाँ रहेपनि नेपालको जितले खुशी भएर सम्मान गरेको बताए।

२ साता अघि महेश्वरले पुरुष ७५ केजीमा स्वर्ण जितेका थिए। स्पर्धामा १२ खेलाडी सहभागी थिए। अन्तिम प्रतिस्पर्धामा महेश्वरले भारत र सिंगापुरका खेलाडीलाई पछि पारे। भारत दोश्रो र सिंगापुर तेश्रो भएका थिए। गत वर्ष नेपालकी ननिता महर्जनले महिला एथ्लेटिक्स फिजिक्स १६० मा रजत पदक जितेकी थिइन्।

महेश्वरले अन्तर्रा्ष्ट्रियस्तरमा नेपाललाई स्वर्ण पदक दिलाएको यो दोस्रो पटक हो। महेश्वरले २०१६ मा भूटानमा भएको ५० औँ एशियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्टमा पनि ७५ केजी तौल समूहमा स्वर्ण जितेका थिए।

यस्तै उनी नेपाली बडी बिल्डिङको सबैभन्दा प्रतिष्ठित र चर्चित धर्मश्रीको १३औँ संस्करणमा च्याम्पियन र १४औँ तथा १५औँ संस्करणमा दोस्रो भएका थिए।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *