क्रिसमसको रौनक (फोटो फिचर)

हरेक वर्ष डिसेम्बर २५ तारिखमा संसारभरी क्रिसमस मनाइन्छ । हेर्नुहोस्, संसारको विभिन्न भागबाट आएका केही तस्बिरहरुः

क्रिसमसको पूर्व सन्ध्या भेटिकनमा भएको प्रार्थना सभामा पोप फ्रान्सिसले आफूलाई भन्दा दोस्रो व्यक्तिका लागि राम्रो काम गर्न आह्वान गर्दै लालच छोड्न र कम खर्च गर्न अपिल गरे ।

मिश्रको एक चर्चमा भइरहेको प्रार्थना सभामा दिइएको उपदेशलाई ध्यानपूर्वक सुन्दै यी बालिका

टर्कीको राजधानी इस्तानबुलमा क्रिसमस ट्री नजिकै चुम्बन गरिरहेको जोडी

ताइवानको राजधानी ताइपेईको यो चर्चमा पोप फ्रान्सिसको कार्डबोर्ड कटआउट राखिएको छ ।

डेमोक्रेटिक रिपब्लिक अफ कन्गोको राजधानी किनशासामा उत्सव मनाउँदै ईसाई छात्र

मेक्सिकाको तिख्वाना प्रान्तमा एक शरणार्थी शिविरमा क्रिसमस पर्व मनाइरहेका प्रवासीको समूहमा संलग्न एक बालक । ल्याटिन अमेरिकी देशबाट निकालिएका हज्जारौं प्रवासीको समूह अमेरिकी सीमातर्फ बढिरहेको छ ।

फ्रान्सको उत्तरी शहर सोम्माको एक चौबाटामा प्रार्थना सभा गरिरहेका स्वघोषित येल्लो वेस्ट (पहेँलो जर्सी) प्रदर्शनकारी

चीनको राजधानी बेइजिङको एक चर्चमा शान्त भएर प्रार्थना गरिरहेकी स्थानीय महिला

संयुक्त अरब इमिरेट्सको दुबईको सान्ता मारिया चर्चमा प्रार्थना सभामा समावेश स्थानीय

महारानी एलिजाबेथ IIले क्रिसमसका लागि सन्देश दिएपछि लण्डनको बकिङ्घम प्यालेसको ह्वाइट ड्रविङ रुमा खिचाएको तस्बिर

पाकिस्तानको लाहोरस्थित चर्चमा प्रार्थना गर्दै एक महिला

दक्षिण कोरियाका निम्नवर्गीय बालबालिकालाई उपहार दिन एकै ठाउँ जम्मा भएका स्वयंसेवक

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *