इन्डोनेसियामा आँधिका कारण २ सय २२ जनाको मृत्यु

कारिता– ज्वालामुखीपछि आएको आँधीका कारण इन्डोनेसियामा मृत्यु हुनेहरुको संख्या २ सय २२ पुगेको छ ।

इन्डोनेसियाको सुन्डा स्त्राइटको किनारामा भएको घटनामा परि अन्य सयौँ घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन्।

आँधीले सयौँ घरहरूलाई असर पारेर भत्किएको छ। स्थानीय समयअनुसार आइतबार विहान ९:३० मा आँधी आएको हो।

नाटकीय यस ज्वालामुखी र आँधीको भिडियोहरू सामाजिक सञ्जालमा देखिएका छन्। ती भिडियोहरूमा आकस्मिक रूपमा वर्षा भएको, संरचनाहरु भत्किएकोलगायतका दृश्यहरू देखिएको थियो।

उद्धारकर्ताहरुले खोजी तथा उद्धार कार्य जारी रहेको जनाएका छन्।

पछिल्लो विवरण अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या २  सय २२ पुगेको पुष्टी भएको छ भने ८ सय ५३ जना घाइते भएका र २८ जना बेपत्ता भएका छन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *