ओलिको व्यस्तताले नेकपाको स्थायी समिति बैठक स्थगित

काठमाडौं – पार्टी अध्यक्ष केपी शर्मा ओली व्यस्त भएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतवार बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ। आइतबार अपरान्ह ४ बजेका लागि पार्टी कार्यालय धुम्बराहीमा डाकिएको बैठक प्रधानमन्त्री व्यस्त भएको जनाउँदै स्थगित भएको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आइतवार ४ बजेका लागि बस्ने भनिएको  बैठक प्रधानमन्त्री  व्यस्त भएपछि एक घण्टाका लागि सारिएको थियो। तर सारिएको समयमा पनि प्रधानमन्त्रीसमेत रहेका ओली पार्टी कार्यालय धुम्बाराही नपुगेपछि आजका लागि स्थगित गरिएको श्रेष्ठले बताए ।

नेकपाको बैठक अघि अध्यक्ष ओली कांग्रेसका संस्थापक तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा ललितपुको बाडेगाउँमा गरिएको कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रम समापनमा ढिला भएसँगै प्रम ओली बैठकमा उपस्थित हुन नसकेका हुन् ।

बाडेगाउँमा ढिला गरी कार्यक्रम सकिएपछि प्रम ओलीले अर्को कार्यक्रम पनि भ्याएका थिए । ओली त्यो कार्यक्रमपछि राष्ट्रिय सभागृहमा सरकारी वकिलहरूको दोस्रो राष्ट्रिय सम्मेलन उद्‍घाटन गर्न पुगे ।

त्यो कार्यक्रम पनि सकिन ढिला भएपछि ओली स्थायी समिति बैठकमा पुग्नै सकेनन् । आज स्थगित भएपछि नेकपा स्थायी कमिटी बैठक बुधबार बिहान ८ बजेका लागि सारिएको छ। त्यस बैठकमा दुवै अध्यक्षले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी समिति सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यतालिका छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *