रियल म्याड्रिडलाई लगातार तेस्रो पटक क्लब विश्वकपको उपाधि

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले शनिबार युनाइटेड अरब इमिरेट्सको अल आइन क्लबलाई ४–१ हराउदै लगातार तेस्रो पटक फिफा क्लब विश्वकपको उपाधि जितेको छ । समग्रमा रियालको यो चौथो क्लब विश्वकप उपाधि हो ।

१४ औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियाललाई अग्रता दिलाएका थिए ।  ६० औं मिनेटमा मार्कस लोरेन्टेले अग्रता दोब्बर पारे । सर्जियो रामोसले ७९ औं मिनेटमा अर्को गोल थपे । खेल सकिन ४ मिनेट बाँकी रहँदा सुकासा सिओतानीले गोल गर्दै अन्तर कम गरे । तर इन्ज्युरी समयमा याह्या नादेरले आत्मघाती गोल गरेपछि रियल ४(१ ले विजयी भयो । अल आइनले रिभर प्लेटलाई पेनाल्टी सुट आउटमा हराउँदै रियालसंगकोको भेट पक्का गरेका थिए ।

रियलका टोनि क्रुसले ६ मध्ये पाँच क्लब बिश्वकपको उपाधि जिते । यो समग्रमा चौथो क्लब विश्वकप उपाधि हो । उनले २०१३ मा बायर्न म्युनिखबाट र २०१४, २०१६, २०१७, र २०१८ मा रियालबाट उपाधी जितेका हुन् ।

यससँँगै  रियलले २००० बाट सुरू भएको  प्रतियोगितामा धेरै  खेल जित्ने टोलि बनेको छ । यसअघि बार्सिलोना र रियलले समान खेल जितेका थिए ।
तेस्रो स्थानका लागि भएको  खेलमा अर्जेन्टिनी क्लब रिभर प्लेटले जापानको काशीमा एन्टलर्सलाई ४(० ले पराजित गर्यो ।  सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका  रियालका गारेथ बेल प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए।  सिल्भर बल अल आईनका कैओको पोल्टामा पर्यो भने ब्रोन्ज बल रिभर प्लेटका सान्टोस बोरेले पाए । फेयर प्लेको अवार्ड पनि रियल म्याड्रिडले नै पायो  ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *