रियल मड्रिड फाइनलमा, बेलको ह्याटि्रक

काठमाडौं – स्पेनिस क्लब रियल मड्रिड फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति युएईको अबुधाबीस्थित जायद स्पोर्ट्स सिटी स्टेडियममा भएको सेमिफाइनलमा जापानको क्लब कासिमा एन्टलर्सलाई ३-१ गोल अन्तरले पराजित गर्दै रियलले फाइनलमा स्थान बनाएको हो ।

रियलको जितमा ग्यारेथ बेलले हृयाट्रिक गोल गरे । त्यस्तै, कासिमाका लागि शोमा डोईले एक गरेका थिए ।

खेलको ४४ औं मिनेटमा बेलले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० गोलले अघि रहेको रियलले दोस्रो हाफमा थप दुई गोल गर्दा कासिमाले एक गोल फर्काउन सफल भयो ।

खेलको ५३ औं मिनेटमा बेलले अर्को गोल गर्दै रियललाई दोब्बर अग्रता दिलाएका थिए । खेलको ५५ औं मिनेटमा पनि बेलले नै तेस्रो गोल गर्दै हृयाट्रिक पूरा गरे ।

तर खेलको ७८ औं मिनेटमा कासिमाका डोईले गोल गर्दै ३-१ को स्थितिमा ल्याएका थिए । बाँकी समयमा दुबै टिमबाट गोल हुन सकेन र रियल मडि्रड ३-१ गोलको जित निकाल्दै फाइनल पुग्न सफल भयो ।

अब उपाधिका लागि रियलले युएईको क्लब अल इन फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *