तातोपानी नाका बैशाखमा खुल्ने

काठमाडौं  चीनको तिब्बतमा रहेको  सिगात्सेस्थित झाङ्मु नाका (नेपालतर्फ तातोपानी) आगामी मे २०१९ सम्ममा खुल्ने एक चिनियाँ सरकारी अधिकारीले बताएका छन् । तिब्बतको वाणिज्य विभागका अधिकारी याङ गुओलियाङले सोमबार उक्त कुरा बताएको चीनको सरकारी मुखपत्र ग्लोलब टाइम्सले बुधबार जनाएको छ । उनले उक्त कुरा चीन —नेपाल वाणिज्य प्रतिवेदन सार्वजनिक गर्ने क्रममा बताएको समाचारमा जनाइएको छ ।

प्रतिवेदनमा नेपाल र चीनबीचको ८० प्रतिशतभन्दा बढी व्यापार उक्त नाकाबाट हुने गरेकोमा सन् २०१५को भूकम्पले क्षति भएका कारण अहिले बन्द रहँदै आएको उल्लेख छ । भूकम्पले नेपाल र चीनको व्यापारमा ठूलो धक्का लागेकोसमेत समाचारमा जनाइएको छ ।

सन् २०१४मा नेपाल र चीनको व्यापारको परिमाण २ दशमलब ३३ बिलियन डलर भएको र यो बर्सेनि ३ दशमलब ४ प्रतिशतले बृद्धि हुँदै आएकोमा भूकम्पले नोक्सानी पारेको प्रतिवेदनमा जनाइएको छ ।
भूकम्पपछि दुई देशबीचको व्यापार ६२ दशमलब ८९ प्रतिशतले झरेको समेत प्रतिवेदनमा उल्लेख छ ।  सन् २०१६ र २०१७मा दुई देशबीचको व्यापारमा केही सुधार भएपनि सन् २०१४को अवस्थामा पुग्न नसकेको प्रतिवेदनमा जनाइएको छ ।

याङले भनेका छन्,‘‘झाङ्मु नाका सन् २०१९को मे महिना सम्ममा सुचारु हुने सम्भावना छ । चीन र नेपालको सडकको अवस्था धेरै फरक छ । दुवै देशले यसलाई सुचारु गर्नका लागि कडा मेहनेत गरिरहेका छन् ।’’ भूकम्पपछि नेपालका तर्फबाट चीनमा भएका उच्चस्तरीय भ्रमणका क्रममा नाका खोल्नका लागि चीनलाई पटक पटक आग्रह गरिएको थियो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *