मन्त्रिपरिषद् पुनर्गठनको माग नेकपा स्थायी समितिमा उठ्यो, होला त हेरफेर ?

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने माग उठेको छ। बुधबारको बैठकमा स्थायी समिति सदस्य रघुजी पन्तले सरकारको कामको समीक्षा प्रधानमन्त्री स्वयंले गर्नुपर्ने माग गरेका थिए। ‘सरकारको गतिशीलता देखिएन। मन्त्रीहरुको कामको मूल्यांकन गरेर प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्छ’,…

ठेकेदार को २५ करोड धराैटी जफत गरेर मेलम्ची खानेपानीको काम अघि बढाउने तयारीमा मन्त्रालय

काठमाडौं– मेलम्ची खानेपानी आयोजनाकाे सुरुङ खन्ने ठेकेदार कम्पनी आर्थिक रुपमा संकटग्रस्त भएको भन्दै भाग्न खोजेपछिको विवाद समाधानका लागि खानेपानी मन्त्रालयले परामर्श दाता कम्पनीलाई अवस्था अध्ययन गर्न निर्देशन दिएको छ। परामर्शदाता कम्पनी ‘इप्टिसा’लाई मेलम्ची आयोजनाको सुरुङ निर्माणको अवस्थाबारे प्राविधिक विश्लेषणसहितको प्रतिवेदन तयार गरी एक…

भाषा परीक्षामार्फत नेपाली कामदारलाई जापान जाने बाटाे खुल्याे

काठमाडौं– जापान सरकारले रोजगारीका लागि श्रमिक आपूर्ति गर्ने देशमा नेपाललाई सूचीकरण गरेको छ। जापान सरकारको महत्वाकांक्षी योजनाका रुपमा रहेको जापानी भाषा परिक्षामार्फत कामदार आपूर्ति गर्न यसअघि प्रस्तावित ७ देशमा नेपाललाई पनि थप गरिएको हो। कम्वोडिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, चीन, थाइल्यान्ड र…

नेपाल अमेरिका सम्बन्ध थप उचाइमा पुग्यो:परराष्ट्रमन्त्री ज्ञवालि

वासिङ्टन डिसी– नेपाल र अमेरिकाबीच सात दशक लामो सम्बन्धलाई व्यापक र विस्तृत बनाएर पारस्परिक हितका आधारमा अगाडि बढ्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओबीच मङ्गलबार वासिङ्टन डिसीमा सहमति भएको छ। विदेशमन्त्री पोम्पेओसँगको भेटपछि परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘अमेरिका र नेपालबीचको…

तातोपानी नाका बैशाखमा खुल्ने

काठमाडौं  चीनको तिब्बतमा रहेको  सिगात्सेस्थित झाङ्मु नाका (नेपालतर्फ तातोपानी) आगामी मे २०१९ सम्ममा खुल्ने एक चिनियाँ सरकारी अधिकारीले बताएका छन् । तिब्बतको वाणिज्य विभागका अधिकारी याङ गुओलियाङले सोमबार उक्त कुरा बताएको चीनको सरकारी मुखपत्र ग्लोलब टाइम्सले बुधबार जनाएको छ ।…