एपिएफ र नयाँबजार विजयी, पुलिस हेल्प नेपालसँग पराजित

काठमाडौं – पोखरामा जारी आरबीबी–एनभिए पुरुष क्लब लिग भलिबल च्याम्पयनसिपमा विभागीय क्लब एपिएफले त्रिभुवन आर्मी माथि सङघर्षपुर्ण जित निकाल्दा नेपाल पुलिस हेल्प नेपाल स्पोट्र्स क्लबसँग पराजित भएको छ । पोखरा रंगशालामा जारी प्रतियोगिताको तेस्रो दिन आर्मीबिरुद्ध पहिलो सेट २५–२१ ले जितेको एपिएफले दोस्रो सेट १८–२५ ले आर्मीलाई सुम्पीएको थियो । तेस्रो सेट २५–२१ ले आफनो पक्षमा पारेको एपिएफले निर्णायक चौथो सेट २०–२५ हारेपनि अन्तिम सेट १५–११ ले जितेको हो ।

मंगलबार भएको आफनो पहिलो खेलमा ढोरपाटन स्पोर्टस् क्लबलाई २५–२३ ,२५–२०,२५–१६ ले पराजित मणिमुकुन्द भलिबल क्लबले दोस्रो खेलमा नयाँबजार युवा क्लबसंग हार ब्यहारेको छ । पहिलो सेट २५–१९ ले जितेको मणिमुकुन्दले दोस्रो सेट १५–२५ ले हारेको थियो । तेस्रो सेटमा २५–२१ ले पुनरागमन गरेपनि चौथो र पाँचौ सेट १७–२५ र ९–१५ ले  नयाँबजारलाई सुम्पीएको थियो ।

मंगलबार भएको अर्को खेलमा हेल्प नेपालले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । पहिलो र दोस्रो सेट २५–२२,२५–२० ले पुलिसलाई सुम्पीएको हेल्प नेपालले उत्कृष्ट पुनरागमन गर्दै बिजय हासिल गर्यो । पुलिसका लागि निर्णायक तेस्रो सेट ३१–२९ ले जितेको हेल्प नेपालले चौथो र पाँचौ सेट २५–१९ र १५–९ ले जितेको हो । जावलाखेल र ढोरपाटन स्पोर्टस क्लबबीच खेल राति भएपछि बुधबारका लागि स्थगित गरीएको छ ।

राष्ट्रिय बाणिष्य बैंकले मुख्य प्रायोजन गरेको प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन् । दोस्रो हुनेले १ लाख, तेस्रो हुनेले ५० हजार र चौथो हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार तथा विधागत रुपमा (लिबेरो, सर्भर, लिफ्टर, स्पाइकर, ब्लकर र प्रशिक्षक) उत्कृष्ट हुनेले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । प्रतियोगितामा बुधबार पाँच खेल हुनेछन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *