विमानस्थलबाट सुनको बिस्कुट सहित एक जना पक्राउ

काठमाडौं – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनका चार वटा बिस्कुट र एउटा बालासहित एक जनालाई पक्राउ गरेको छ। तर परीक्षण गरेर मात्र सुन भए/नभएको प्रमाणित गर्न सकिने प्रहरीले जनाएको छ।

उक्त सुनको बिस्कुटको तौल ५ सय १२ ग्राम रहेको प्रहरीले जनाएको छ।

विमानस्थलको पार्किङ एरियामा चेकजाँच गर्ने क्रममा कतार एयरवेयजको क्युआर६४८ को फ्लाइटबाट आगमन भएका चितवन, भरतपुर महानगरपालिका–२३ बस्ने ३२ वर्षीय अमित घिसिङको साथबाट सुन बरामद भएको हो।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *