मेलम्चीको ठेकेदार भाग्न खोजेपछि पासपोर्ट जफत

काठमाडौं – मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीका ८ जना कर्मचारीको पासपोर्ट जफत गरिएको छ । महानगरीय अपराध महाशाखा र प्रहरी वृत दरबारमार्गको टोलीले उनीहरुको पासपोर्ट जफत गरिएको हो । महाशाखाका एसएसपी धिरजप्रताप सिहंले भने, ‘‘खानेपानी मन्त्रालयको आग्रहपछि गृहले प्रहरीलाई उत्र लेखेपछि हामीले वृत दरबारमार्गलाई सहयोग गरेका हौं । पासपोर्ट जफत गरिएको हो । हाल उनीहरु खानेपानी मन्त्रालयको जिम्मामा छन् ।’’ प्रहरीले आइतबार राती मेलम्ची आयोजना निर्माणका प्रोजेक्ट म्यानेजर क्रिश्चियानो ग्रेचोसहित आठ जनालाई ठमेलबाट नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार उनीहरु आइतबार राती नै कतार एयरमार्फत् जानकारी बिना नै भाग्न खोजेका थिए ।

सन् २००१ बाटै सुरू भएको मेलम्ची परियोजना सन् २००८ सम्ममा सुरूङ निर्माण क्षेत्रमा बाटो पुगेको थियो । सन् २०१३ मा चिनियाँ कम्पनीले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिए पनि चिनियाँ कम्पनीले समयमा काम गर्न नसकेको भन्दै सरकारले इटालियन कम्पनी सिएमसीलाई ठेक्का दिएको थियो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *