पारसको टिम बिराटनगर इपिएल बाट बाहिरियो

काठमाडौं – जित्नैपर्ने दबाबमा रहेको सविक विजेता विराटनगर वारियर्स सोमबार काठमाडौं किंग्स ११लाई पाँच विकेटको नतिजा सुम्पिएपछि एभरेष्ट प्रिमियर लिगको लिग चरणबाटै बाहिरिएको छ ।

टस हारेर ब्याटिङका लागि निम्त्याइएको विराटनगरले १७.५ ओभरमा सबै विकेट गुमाएर १ सय रन बनाएको थियो । विराटनगरलाई टिकिरहन जित्नै पर्ने थियो या त काठमाडौंलाई १८ ओभरसम्म रोक्नु पर्ने थियो । तर केभिन ओ‘ब्राइनले अविजित ४५ रन बनाएपछि काठमाडौंले १७.५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेपछि विराटनगर चितवन टाइगर्ससँग रनरेटमा पछि पर्दै प्रतियोागिताबाट बाहिरियो । काठमाडौं दोस्रो स्थानमा रह्यो भने भैरहवा ग्लाडियटर्स तेस्रा र चितवन चौथो स्थानमा रह्यो ।
भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्ससँग पराजित भएपछि पारस खड्काको विराटनगर वारियर्सलाई सोमबार लिग चरणको अन्तिम खेलमा काठमाडौं किंग्स ११लाई हराउनै पर्ने दबाब थियो । कीर्तिपुुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि विराटनगरले पहिले ब्याटिङ गर्नुपर्यो । प्रायः मध्यक्रममा ब्याटिङ गर्ने विराटनगरका कप्तान पारस सोमबार ओपनिङमा ब्याटिङ गर्न आए । तर उनको ब्याटबाट धेरै रन बन्न सकेन ।  १६ बलमा २ चौका र १ छक्का हानेका पारस २१ बनाउँदा प्रदीप साहुको बलमा सागर पुनको हातबाट क्याच भए । पारसले मात्र होइन, उनको टोली विराटनगरले नै ठूलो स्कोर बनाउन सकेन ।
१७.५ ओभरमा १ सय रन बनाउँदा विराटनगरले सबै विकेट गुमायो । विराटनगरका सुमित महर्जनले बनाएको २५ रन नै टोलीको इनिङमा बनेको सबैभन्दा ठुलो स्कोर बन्यो । त्यसबाहेक हरीबहादुर चौहानले २२ तथा बाबर हायतले ११ रन जोड्नुुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । काठमाडौंका केभिन ओ‘ब्राइनले ३ ओभरमा १८ रन दिएर ३ विकेट लिँदा प्रदीप, विक्रम भुसाल रोहन मुस्तफाले समान २ विकेट लिए । जितेन्द्र मुखियाको नाममा १ विकेट रह्यो ।
१ सय रनको मात्र योगफल बनेपछि जित्नै पर्ने नभए कम्तिमा सानो स्कोरमा हार्नुपर्ने दबाबमा रहेको विराटनगर झन दबाबमा पर्यो । काठमाडौंलाई कम्तिमा १८ ओभरसम्म रोक्न सके विराटनगरले प्लेअफमा पक्का गथ्र्यो । नभए रनरेटका आधरमा चितवनसँग पछि पर्दै विराटनगर प्रतियोगिताबाट बाहिन्थ्यो ।
ब्याटिङमा जस्तै बलिङमा पनि पारस पहिलो ओभर लिएर आए । पहिलो ओभरमा ५ रनमात्र दिएका पारसले रोहन मुस्तफाको महत्वपूर्ण विकेट पनि हात पारे । रोएलोल्फ भान डेर मार्वीले चौथो ओभरमा ओपनर अमित श्रेष्ठ र सागर पुनलाई आउट गर्दै विरानगरको आशा जगाए । अमितले १४ तथा सागरले १० रन जोडे । पारसले अर्को स्पेलमा नरेश बुढायरलाई आसिफ सेखमार्फत् क्याच गरे भने राजुु रिजाललाई रोविन क्षेत्रीले एलबिडब्लू्र आउट गरे । रोविन आउट हुँदा काठमाडौं ५–४८ को स्थितीमा थियो । यो अवस्थाबाट केभिन ओ‘ब्राइन र प्रदीपले छैटौं विकेटका लागि ३२ रनको साझेदारी गर्दै काठमाडौंलाई जिताए ।
१७ ओभरको समाप्तिमा काठमाडौंले ८८ रन बनाएको थियो । जितका लागि १३ रन चाहिएको थियो । १८औं ओभर लिएर कप्तान पारस आफै आए । तर चाहिएको अवस्थामा महत्वपूूर्ण जित निकाल्ने पारसको जादुु सोमबार चलेन । पारसको पहिलो बलमै ओ‘ब्राइनले छक्का हाने । दोस्रो ओभर डट खेलेका ओ‘ब्राइनले तेस्रो बलमा अर्को छक्का हाने । चौथो बल डट खेलेका ओ‘ब्राइनले पाँचौं बलमा अर्को छक्का हानेपछि साविक विजेता विराटनगर वारियर्स प्रतियोगिताबाट बाहिरियो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *