काठमाडौंको तापक्रम २ डिग्रीमा झर्‍यो

काठमाडौं – काठमाडौं उपत्यकामा जाडो ह्वात्तै बढेको छ । आज विहानको न्युनतम तापक्रम २.५ डिग्री सेल्सियसमा झरेको छ । यो रेकर्ड यस वर्षको हालसम्मकै सबैभन्दा कम हो ।

मौसमविद राजु प्रधानांगका अनुसार बंगालको खाडीको दक्षिण-पश्चिम क्षेत्रमा ‘फेथाइ’ नामको समुद्री आँधी आएकाले त्यसको प्रभाव नेपालमा पनि परेको हो ।

‘फेथाइ’ उत्तरपश्चिम दिशातर्फ सरिरहेको छ । ‘यसैको आंशिक प्रभावका कारणले नेपालमा आज र भोलि देशको पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली हुने र केही भागहरुमा हल्का वर्षा हुने सम्भावना छ,’ मौसमविद प्रधानांगले भने ।

उनका अनुसार उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम खालको हिमपात पनि हुनेछ । साथै पश्चिमी क्षेत्रहरुमा आंशिक बदली भई एक-दुई स्थानमा क्षणिक वर्षा हुने सम्भावना छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *