नेकपाले गर्‍यो प्युठानको स्थानीय तहमा नेतृत्व चयन

प्युठान – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्युठान जिल्लाका ९ वटा स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ। तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच एकता प्रक्रिया ढिलासुस्ती हुँदा नेता, कार्यकर्ता चिन्तित बनेका बेला स्थानिय तहमा एकता प्रक्रीया टुगिएपछी कार्यकता, सर्वसाधारण उत्साहित बनेका छन् ।स्थानीय तहमा समिति निर्माणका लागि अध्यक्ष र सचिवको टुङ्गो लागेको हो ।शुक्रबार बुटबलमा बसेको नेकपाको प्रदेश ५ कमिटीको बैठकले प्युठान जिल्लाको स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको नेकपाले बताएको छ । जिल्ला कमिटीमार्फत सिफारिश भएका अध्यक्ष र सचिवको प्रदेश कमिटीले टुङ्गो लगाएको हो ।

पूर्व एमालेले ५ स्थानीय तहमा अध्यक्ष पाएको छ भने पूर्व माओवादीले चार तहमा नेतृत्व पाएको छ । जिल्लाको प्युठान नगरपालिका, स्वर्गद्धारी नगरपालिका सहित नौबहिनी, मल्लरानी र सरुमारानी गाउपालिकामा एमालेले अद्यक्ष पाएको हो।अध्यक्ष र सचिव फरक–फरक पार्टीबाट राखिएको छ ।तत्कालिन माओबादी केन्द्रले गौमुखी,झिमरुक,माण्डवि र ऐरावती गाउपालिकामा नेतृत्व पाएको हो।

जिल्लाको ऐरावती गाउँपालिकामा अध्यक्ष बुद्धबहादुर बस्नेत र सचिव श्यामबहादुर थापा, गौमुखी गाउँपालिकामा अध्यक्ष मानबहादुर थापा र सचिव भरतमणी न्यौपाने, झिमरुक गाउँपालिकामा अध्यक्ष झगबहादुर जि।सी। र सचिव ललित बस्नेत चयन भएका छन् ।त्यसैगरी
नौ बहिनी गाउँपालिकामा अध्यक्ष डिलबहादुर थापा र सचिव रमेश के।सी।, प्युठान नगरपालिकामा अध्यक्ष टंकबहादुर खड्का र सचिव बिष्णु योगी, मल्लरानी गाउँपालिकामा अध्यक्ष इमानसिंह भारती र सचिव नारायण भट्टराई चयन भएका छन। माण्डबी गाउँपालिकामा अध्यक्ष नमराज अधिकारी र सचिव यमबहादुर घिमिरे चयन भएका छन् । सरुमारानी गाउँपालिकामा अध्यक्ष कृष्ण रायमाझी र सचिव गुप्तबहादुर राना, स्वर्गद्धारी नगरपालिकामा अध्यक्ष भुवनसिंह पुन र सचिव मेघराज जि।सी। चयन भएका छन् ।

पार्टी एकताका लागि गठन गरेको जिल्ला कार्यदलले प्युठानका नौ वटा स्थानीय तह कमिटीका पदाधिकारी नाम प्रदेश कमिटीमा सिफारिस गरेको थियो ।

तत्कालीन नेकपा एमाले र माओवादीबीच केन्द्र, प्रदेश हुँदै स्थानीय तहसम्म पार्टी एकताले नेता, कार्यकता र जनतामा उत्साह आएको नेकपा प्युठानका नेताहरुको प्रतिक्रिया छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *