सरकारको काम गर्ने ढंग भएन : रामचन्द्र पौडेल

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारसँग काम गर्ने ढंग नै नभएको बताएका छन् ।

पार्टी महासमिति बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पौडेलले सरकार नयाँ शोषक वर्ग जन्माउन केन्दि्रत रहेको बताए । यो सरकारले समृद्धि हालिस गर्न नसक्ने भन्दै उनले यसका लागि कांग्रेस नै आउनुपर्ने बताए ।

सत्य निरुपण तथा मेलमिलाप आयोगलाई पंगु बनाउने खेल भइरहेको भन्दै उनले यसबारे सरकारलाई प्रश्न गर्नुपर्ने बताए । कांग्रेस वरिष्ठ नेता पौडेलले भनेका छन्, ‘अब हामीले सरकारलाई औला ठड्याएर कठघरामा उभ्याउनुपर्छ ।’

मैले दिएको स्यावासी कहाँ गयो कहाँ ?

उनले सरकार भ्रष्टाचारमा डुबेको बताए । वाइडबडी खरिदमा भ्रष्टाचार भएको उनको दाबी गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म आफू पनि भ्रष्टाचार गर्दिन, अरुलाई गर्न पनि दिन्न’ भन्दा आफूले स्याबासी दिएको भन्दै उनले भने, ‘मैले भन्दै आएको छु, भ्रष्टाचार रोक्न प्रधानमन्त्री सुधि्रनुपर्छ । प्रधानमन्त्रीले मन्त्री पनि सुधारोस् । मन्त्रीले सचिवलाई भनोस्, सचिवले डीजीलाई भनोस् तर, मेरो स्याबासी त कहाँ गयो कहाँ ?

सरकारले अनेक भाउँतो गरिरहेको भन्दै उनले यस्ता पाखण्डलाई जनताका बीचमा नंग्याउनुपर्ने बताए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *