सरकारका क्रियाकलाप विरुद्ध एक भएर लडौ : विमलेन्द्र निधि

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीलेले आगामी चुनावमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने प्रयत्नका साथ एकतावद्ध भएर अघि बढ्नु पर्ने बताएका छन् ।

शनिबारदेखि काठमाडौंमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दे उनले पराजयलाई लिएर दुःख मनाउ गरेर बस्नुभन्दा एकतावद्ध भएर थप उत्साहका साथ अघि बढ्नुपर्ने बताए ।

सरकारले गरेका संघीय र संसदीय प्रणाली विरुद्धका क्रियाकलाप र कांग्रेसले गरेका कामका बारेमा जनतालाई जानकारी गराउँदै अघि बढ्नुपर्नेमा उनको जोड छ । प्रधानमन्त्रीले कांग्रेसलाई भित्तामा टांस्ने साईनबोर्ड बनाइदिन्छु भनेको प्रसंग उल्लेख गर्दे उनले सरकारका क्रियाकलापविरुद्धको सशक्त लडाईका लागि संगठन सुदृढ हुनुपर्ने बताए । संगठन सुदृढ नभई ससक्त प्रतिकार गर्न नसकिने भन्दै उनले पार्टी एकतामा जोड दिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *