देशलाई चिनाउन पाएकोमा गर्व लागेको छ : शृङ्खला खतिवडा

काठमाडौ – मिस वल्र्डमा टप १२ मा पुग्न सफल ‘मिस नेपाल वर्ल्ड’ श्रृंखला खतिवडाले मकवानपुरको चेपाङ बस्तीमा कमलसहितको न्यानो कपडा वितरण गर्ने भएकी छन्।

मिस नेपाल वर्ल्ड खतिवडाले एक हजार वटा कमलसहितको न्यानो कपडा अब छिट्टै गृह जिल्ला मकवानपुरको चेपाङबस्ती वितरण गर्ने जानकारी गराइन्।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन बोल्दै उनले त्यहाँको चेपाङ बस्तीको हेल्प पोष्ट निर्माण गरिएको पनि बताइन्।

मिस नेपाल वर्ल्ड खतिवडाले आफूले मिस वर्ल्डमा सहभागी हुन मिस नेपालमा भाग लिएको पनि खुलासा गरिन्।

मिस वर्ल्डमा ‘व्यूटि वीथ प्रपोज’ र मिस मल्टिमिडियाको उपाधि हात पार्न सफल उनले आफू सोही उपाधि हात पार्न सफल भएकोमा खुसी पनि व्यक्त गरिन्।

मिस वर्ल्डमा भाग लिईरहँदा नेपालीहरुले गरेको मायाप्रति खतिवडाले पटक पटक आभार व्यक्त गरिन्। मिस वर्ल्डमा भाग लिएर नेपाललाई चिनाउन पाएकोमा आफूलाई गर्व लागेको उनको भनाई थियो।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *