सप्तरीमा आगलागी बाट ८ घर जलेर नष्ट

राजविराज– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ स्थित बभनगामा टोलमा आगलागी हुँदा ८ घर जलेर नष्ट भएका छन्।

बिन्देश्वर साफीको घरबाट सल्केको आगोले उनीसहित मन्नु साफी, प्रसाद साफी, अनन्दा साफी र प्रयाग साफीका ८ घर जलेर नष्ट भएको स्थानीय रामनाथ यादवले जानकारी दिए।

राजविराज र हनुमाननगर कंकालिनी नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको छ।

क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *