एकैघरका ३ जना बालबालिका को जलेर मृत्यु

दाङ– दाङको बंगलाचुली गाउपालिका गुराँसेमा एक घरमा आगलागी हुँदा एकैघरका ३ जनाको जलेर मृत्यु भएको छ। आगोमा जलेर मृत्यु हुनेमा नवराज पुनको छोरा ७ वर्षीय कृष्णबहादुर पुन, छोरी वर्ष ५ की अस्मिता पुन र छोरी वर्ष २ की अन्जु पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

कान्छो छोरा बिरामी भएको र झरफुक गराउन गएको बेला सोलारको ब्याट्री पड्किएर घरमा आगो लागेको स्थानीयहरुले बताएका छन्।

घटनापश्चात २ तले कच्ची घर जलेर पूर्णरुपमा नष्ट भएको छ भने घरमा भएका सबै सामान समेत जलेको प्रहरीले बताएको छ। सोही आगलागीमा परी घरमा रहेका ७ वटा बाख्रा र ४ वटा गाई समेत जलेर मरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिएका छन् ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *