बाग्लुङबाट निर्वाचित प्रदेश सांसद घर्तिको निधन

बागलुङ – बागलुङ क्षेत्र नम्बर २ प्रदेश ‘ख’ का गण्डकी प्रदेश सदस्य टेकबहादुर घर्तीको निधन भएको छ। कलेजो सम्बन्धी समस्या देखिएपछि प्रदेश सांसद घर्तीको १७ दिनदेखि काठमाडौँको ग्राण्डी अस्पतालको आईसीयुमा उपचार भइरहेको थियो।

ग्राण्डीले घर्तीको स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै थप उपचारका लागि भारत लैजान सुझाव दिएपछि मंगलबार उनलार्इ दिल्लीको एपोलो अस्पताल लगिएको थियो।

१४ दिनदेखि बेहोस अवस्थामा रहेका घर्तीको ४६ वर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले बताएको छ। ढोरपाटन नगरपालिका वडा ६ साविक अधिकारीचौर गाविस सइखोला निवासी सांसद घर्ती वाम गठबन्धन हुँदा राष्ट्रिय जनमोर्चाका तर्फबाट सांसदमा निर्वाचित भएका थिए।

उनी केही महिनादेखि जण्डिस र कलेजो सम्बन्धी रोगबाट पीडित रहेको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापाले बताए। ‘पछिल्लो केही दिन यता उहाँ गम्भीर बिरामी हुनुहुन्थ्यो, हामी जिल्लाको अधिवेशनमा लाग्नुपर्ने भएर यतै व्यस्त भयौँ,’ अध्यक्ष थापाले भने, ‘अधिवेशन सकेर उपचारमा ठूलो खर्च लाग्ने भएकाले पार्टीका तर्फबाट अभियान सुरु गर्दा दुखद खबर आएको छ, हामी स्तब्ध भएका छौँ।’

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *