भारतको चुनावी मत परिणामबाट नेपालका दुइतिहाइ प्राप्त कम्युनिष्टहरूले के सिक्ने ?

काठमाडौ – भारतमा गएको मंगलबार (डिसेम्बर ११) का दिन पाँच वटा राज्यको चुनावको परिणाम आएको छ । मध्यप्रदेश, छत्तीसगढ, राजस्थान, मिजोरम र तेलंगनाको मत परिणाम हेर्दा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) पछि परेको छ । मध्यप्रदेश र छत्तीसगढमा भाजपाले लामो समयदेखि सरकार चलाउँदै आएको थियो भने राजस्थानमा पनि विगत ५ वर्षदेखि उसले सरकार चलाउँदै आएको थियो । ती राज्यबाट निर्वाचित हुने सांसदहरुले नै केन्द्र सरकार बनाउनपनि ठूलो भूमिका खेलेका हुन् । मिजोरम र तेलंगनामा क्षेत्रीय दलहरु आएका छन् । यसले नेपालको सन्दर्भमा के संकेत गर्छ त ? अहिले भारतीय चुनावको परिणामलाई लिएर यो कुरापनि नेपालमा चर्चा भइरहेको छ ।

भारतमा २०१९ मा के होला ?

अहिले राज्यसभाको चुनावको परिणाम हेर्दा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अलोकप्रिय भएको देखिएको छ । सन् २०१९मा त्यहाँ लोकसभाको निर्वाचन हुँदैछ । त्यो निर्वाचन परिणामले नै कुन पार्टीले केन्द्रीय सरकार बनाउने भन्ने टुंगो लगाउने हो । त्यसैले अहिलेको चुनावको परिणामले त्यतिबेला हुन सक्ने सम्भाविच ट्रेन्ड भने बताउन सक्छ । किनकि अहिले चुनाव हारेका क्षेत्रले नै केन्द्रमा सरकार बनाउनका लागि महत्वपूर्ण भूमिका खेल्न सक्छन् । त्यसैले भाजपाको भूमिका त्यतिबेला खुम्चिन सक्ने अवस्था रहेको छ ।

नेपालमा के असर पर्ला त ?

भारतमा भाजपा वा कांग्रेस आई सन् २०१९ पछि जो आएपनि त्यसले तात्विक फरक पर्ला जस्तो लाग्दैन । उनीहरुको विदेश मामिला भनेको हाम्रोमा जस्ता पार्टी वा नेता आएपिच्छे परिवर्तन हुने होइन । उनीहरुको सधैं निरन्तरता हुन्छ । के सत्तापक्ष के विपक्ष उनीहरुले विदेशमामिलाका सन्दर्भमा अक्सर एउटै कुरा गर्छन् । त्यसैले जो आएपनि केही फरक पर्ला जस्तो लाग्दैन ।

नेपालको सत्तापक्षले के सिक्ने ?

नेपालका अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली भारतले लगाएको नाकाबन्दीको समयमा अडान लिएका कारण नै चुनाव जित्न सफल हुनुभएको हो । तर, पछिल्लो समयमा उहाँका गतिविधि राम्रा भएनन् भनेर आलोचना समेत भइरहेको छ । त्यसैले जसरी सन् २०१४मा भारतमा भाजपाले चुनाव जितेको थियो अहिले त त्यो देखिएन । किन देखिएन भने पहिला बाँडिएको आश्वासन पूरा हुन नसकेकोले जनता निराश भए । त्यसैले यता सत्ता पक्षले पनि त्यसबाट सिक्नु पर्दछ । चुनावको बेलामा गरिएका बाचा पूरा भएनन् भने यहाँको सत्तापक्षको हालत पनि भारतकै जस्तो हुन सक्छ । त्यसैले भारतबाट शिक्षा लिँदै नेपालका सत्तारुढ नेताहरुले पनि चुनाव अघिका बाचा पूरा गर्ने तर्फ लाग्नुपर्दछ । नत्र त्यताकै जस्तो हालत यता पनि हुनेछ ।

नाकाबन्दीको पनि असर हो ?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा नाकाबन्दी लगाएका कारणले त त्यताको चुनाव हारेका होइनन् भन्ने प्रश्न पनि उठेको छ । त्यो पनि केही न केही असर नहोला भन्न सकिदैन । किनकि नेपाल भूकम्पबाट अप्ठेरोमा परेको बेलामा आफ्नो देशको प्रधानमन्त्रीले छिमेकमा नाकाबन्दी लगाएको कुरा त्यहाँका जनतालाई पनि थाहा छ । त्यसैले आफ्नै जनतालेपनि त्यसमा असन्तुष्टि पोखेका हुन सक्छन् । जनताले प्रकट गर्ने असन्तुष्टि मतदानकै माध्यमबाट आउने हो । त्यसैले केही न केही त्यसको पनि नकारात्मक असर हुन सक्छ ।त्यसैले यस्ता गतिविधि गर्नुअघि त्यहाँकै सत्तापक्षलेपनि अबदेखि सोच्नुपर्ने जस्तो अवस्थापनि आएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *