बिहेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौ – दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक रात्री बस र जिप ठोक्किँदा ६ जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन्।

बेहुली लिएर चितवन गीतानगरबाट बाँकेको सम्मेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियोलाई महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४०९० नम्बरले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

स्कारपियोमा सवार ८ जना मध्ये बेहुलाका आमाबुबासहित ६ जनाको मृत्यु भएको छ। बाँकी दुई जना गम्भीर घाइतेको कोहलपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा बेहुलाका बुवा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ वर्षीय मानबहादुर केसी, ४५ वर्षीय आमा विमला खत्री र आफन्तहरू ४९ वर्षीय बिश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दिपककुमार खड्का, कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्री छन्।

दुर्घटनामा ४५ वर्षीय गीतादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते भएका छन्।

बेहुली र बेहुला भने अर्को गाडीमा थिए।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *